Amazing Stories

यो हो नग्न फिटनेस क्लवः जहाँ जुत्ता मात्र लगाउन पाइन्छ

बेलायतमा एउटा फिटनेस सेन्टरले नाइटो देखाएको आरोपमा एक युवतीलाई अपमानपूर्वक बाहिर निकालेको समाचार हामीले हिजो पोस्ट गरेका थियौं । आजको समाचार ठिक विपरित छ । ठाउँ भने उही हो, बेलायत ।

बेलायतको न्युक्यास्टलमा एउटा फिटनेस सेन्टर खुलेको छ, जहाँ कुनै पनि लुगा लगाउन मनाही छ । यहाँ आउनेहरु, चाहे महिला हुन् वा पुरुष, सबैले आफ्नो सम्पूर्ण कपडा खोलेर नांगिएपछि मात्रै व्यायाम गर्न पाउँछन् । उनीहरुले जुत्ता भने लगाउन सक्छन् । के यो उदेकलाग्दो होइन त ?

यो संसारकै पहिलो नग्न फिटनेस सेन्टर हो । हेलेन नाम गरेकी एक महिलाले यो ट्रेन्ड सुरु गरेकी हुन् । नग्न भएर व्यायाम गर्दा धेरै फाइदा मिल्ने उनी बताउछिन् । उनको अनौठो तर्क छ, ‘लुगा खोलेर व्यायाम गर्दा प्रशिक्षकले के सिकाइरहेको छ भन्ने प्रष्ट देखिन्छ, जुन कपडा लगाउँदा देख्न गाह्रो पर्छ ।’

हेलेनको व्यायाम कक्षामा २० देखि ७० वर्ष उमेरका १० जना व्यक्तिहरु आउँछन् । चाँडै नै ७ जना थपिन लागेको सोफियाले जानकारी दिइन् । आफ्नो फिटनेस सेन्टरको शाखा अन्यत्र पनि बिस्तार गर्ने सोचाई रहेको उनको भनाई छ ।

सुरुमा अप्ठेरो लागे पनि अहिले सबै जना नग्न भएर व्यायाम गर्न अभ्यस्त भइसकेका छन् । २६ वर्षकी सोफिया भन्छिन्, ‘पहिलोपटक नाङ्गी हुँदा म लाजले रातोपिरो भएकी थिएँ । जति दिन बित्दै गयो, त्यति सहज लाग्दै गयो । अहिले त सामान्य भइसक्यो । नांगै भएर व्यायाम गर्दा बेग्लै आनन्द आउँदो रहेछ ।’

Source
Onlinekhabar
Show More

Related Articles

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker