Birgunj MahanagarpalikaBirgunj NewsEventsLocal LevelsParsa NewsPokhariya Nagarpalikaप्रदेश २

पर्साको स्थानिय तहमा निर्देशिका कार्यान्वयन नहुदा किसान मार्कामा

२०७७ कार्तिक ०४ ,पर्सा

कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार, काठमाडौँले जारी गरेको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ स्थानिय तहमा  कार्यान्वयन नहुदा किसान मार्कामा परेका छन ।

जिल्ला कृषि सहकारी संघ लिमिटेड पर्साको कृषि ज्ञान केन्द्र पर्साको सभाहलमा आयोजित वडा दशैं , दिपावलि तथा छठ पर्वको उपल्क्षयमा शुभकामना अदानप्रदान कार्यक्रममा सरोकारवाला मल बितरक कम्पनी कृषि सामग्रि कम्पनी लिमिटेड बीरगंज, साल्ट ट्रेडिङ्ग कार्पोरेसन लिमिटेड बीरगंज र मल बिक्रेता सहकारी संघ÷संस्थाहरु बिच अन्र्तक्रिया सम्पन भएको छ ।

कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जारी गरेको अनुदानको मल बितरण ब्यवस्थापन निर्देशिका २०७७ लागु भए पश्चात मल बितरक कम्पनिहरुले निर्देशिका लागु भएको ९० दिन पछि सबै मल बिक्रेता सहकारीहरुको डिलरशिप खारेज गरेको कृषि सामग्रि कम्पनि लि.बीरगंजका प्रमुख गोरखनाथ केसि र साल्ट ट्रेडिङ्ग कार्पोरेसन लि.का संजय साहले जनकारी गराउनु भयो ।

अनुदानको मल बितरण ब्यवस्थापन निर्देशिका २०७७ डाउनलोड गर्न याहाँ क्लिक गर्नुहोस ।

निर्देशिकाका अनुसार प्रत्येक स्थानिय  तहमा एउटा ३ सदसीय मल बितरण ब्यवस्थापन समिति रहने छ जसमा उप प्रमुख÷उपाध्यक्ष – संयोजक,प्रमुख प्रशासकिय अधिकृत–सदस्य र स्थानिय तहको कृषि शाखा प्रमुख – सदस्य सचिव रहने ब्यवस्था गरिएको छ ।  सो गठित समितिले आफ्नो स्यानिय तह भित्र आवश्यक पर्ने मल आपुर्ति गर्न बिक्रेताहरु छनौट गरि मल बितरक कम्पनिलाई सिफारिस गर्ने र सोही अनुसार मल बितरक कम्पनिले मल बिक्रेता प्रमाण पत्र उपल्बध गराउने छन । तर हाल सम्म पर्सा जिल्लाको कुनै पनि स्थानिय तहले सो निर्देशिकालाइ टेकेर मल बितरण ब्यवस्थापन समिति गठन गरेका पाइएको छैन ।

धान बालिमा युरिया मल नपाएका किसान अहिले ग्रामिण क्षेत्रमा तोरी,आलु,तरकारी दलहन लगाएतका बालिको लागि समयमा आवश्यक मल उपल्बध नहुदा किसानहरु प्रत्यक्षरुपमा मार्कामा परेका छन । उक्त कार्यक्रमक जिल्ला कृषि सहकारी संघ लि. पर्साको अध्यक्ष शिवकुमार साहको अध्यक्षतामा भएको र कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र यादव,कृषि सामग्रि कम्पनि लि.का प्रमुख गोरखनाथ केसि,साल्ट ट्रेडिङ्ग कार्पोरेसनका संजय साह र युवा तथा साना ब्यवसायी स्वरोजगार केन्द्रका सुनिल रौनियार र मल बिक्रेताहरुको उपस्थिति रहेको थियो । कार्याक्रम संचालन संघका लेखा समिति संयोजक अरबिन्द कुमार साहले गर्नु भएको थियो भन्ने स्वागत मन्तब्य अनिरुद चौधरीले गरेका थिए ।

Show More

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker