Bindabasini GaupalikaEventsHealth & BeautyLocal LevelsParsa Newsप्रदेश २

बिन्दवासिनी गा.पा.मा निशुलक स्वास्थय शिविर कार्यक्रम समपन्न

पौष-२५, पर्साको बिन्दवासिनी गाउँपालिकाको सहयोगमा श्री जन जागरण युवा कल्ब पर्साको आयोजनामा निशुलक स्वास्थय शिविर कार्यक्रम समपन्न भएको छ।

बिन्दवासिनी गाउँपालिका वडा न ५ प्रसौनी भाठा स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय प्राङ्गणमा भएको कार्यक्रमको उदघाटन बिन्दवासिनी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुना साह रौनियारले गर्नु भएको थियो । कार्यक्रम आयोजक कल्बको अध्यक्ष शिव कुमार साहको अध्यक्षता समपन्न भएको थियो । कार्यक्रममा स्वास्थ शाखा प्रमुख नरेश चौहान, सह संयोजक रामेश्वर चौरसिया, लेखा अधिकृत मिथेलेश कुसाहा, राजस्व शाखा सुबा विरेन्द्र साह, स्थानीय पत्रकार प्रमोद यादव लगाएतले मन्तव्य ब्याक्त गरेको थिए ।

शिविरमा नारायणी अस्पताल बिरगंज पर्साका चिकित्सक डाक्टरहरु डा नवीन यादव फिजिसीयन/ डा अस्मिता उपाध्य प्रसुती रोग गाईनो / डा स्याम बाबू साह बाल रोग/ डा आकाश गुप्ता छालारोग/ डा रयाजुलहक दात रोग लगाएतको चिकित्सकबाट ४ सय ४० जनाको स्वास्थ परिक्षण गर्नु साथै औसधि वितरण गरिएको थियो । पालिकाको बडा न १ देखि ५ सम्मको स्थानीय जनताहरुको स्वास्थ परिक्षाण गर्नुको साथै निशुलक औषधि वितरण गरिएको दिपक साह कानुले बताउनु भयो ।

Show More

Related Articles

Back to top button