Birgunj News

आमा सुरक्षाको रकम हिनामिना गर्न चलखेल शुरु

वीरगंज, ६ मङ्सिर – नारायणी उपक्षेत्रीय अस्पतालमा सञ्चालित आमा सुरक्ष्Fा कार्यक्रमबापत आएको करोडौं रकम हिनामिना गर्न चलखेल शुरु भएको छ ।
आमा सुरक्ष्Fाको नाममा नेपाल सरकारले पठाएको रकमबाट दिइने सेवा चार दिनदेखि बन्द छ । उनीहरूले पाउनुपर्ने सेवा, औषधि खर्च अहिले बाहिरबाट अभिभावकले किनेर ल्याउनु परेको बताएका छन् । केही समयदेखि अस्पताल फार्मेसीले दिंदै आएको औषधिलगायत अन्य सामान अब स्टोरबाट दिने प्रक्रिया शुरु गरेपछि सरकारको करोडौं रकम हिनामिना हुने सङ्केत देखिएको छ ।

नेपाल सरकारले आमा सुरक्ष्Fाबापत पठाएको रकम खर्चेको तथ्याङ्क लुकाउन स्टोरबाट सीधैं गाइनो वार्डमा औषधि दिने निर्णयको अस्पताल विकास समितिले विरोध जनाएको छ । फार्मेसीबाट औषधि वितरण गर्दा वास्तविक बिरामीको पहिचान खुल्ने भएकोले सो तथ्याङ्क लुकाई नक्कली विवरणसहितको तथ्याङ्क बनाई रकम कुम्ल्याउने खेल शुरु भएको अस्पताल विकास समितिका एकजना सदस्यले बताए । ती सदस्यका अनुसार स्टोरबाट औषधि दिन शुरु गर्नुको तात्पर्य आपैmंले औषधि किन्दा कमिशन तथा नक्कली तथ्याङ्क खडा गरेर रकम खाने रहेको बताए । फार्मेसीबाट औषधि दिंदा आमा सुरक्ष्Fाको सही तथ्याङ्क प्रकाशमा आउँदा कर्मचारीहरूको कमाउने बाटो रोकिएपछि अहिले स्टोरबाट नै करोडौंको औषधि खरिद गरी कमिसन खाने दाउमा लागेको ती सदस्यले बताए । सदस्यका अनुसार सञ्चालक समितिको निर्णय अनुसार अस्पताललाई आवश्यक पर्ने सबै किसिमका औषधि, सामग्री फार्मेसीबाट दिने निर्णय गरिएको छ ।

यस विषयमा मेसु डा. एमामुलले अहिले केही समस्या परेको तर पछि स्टोरबाट औषधि उपलब्ध गराउँदा समस्या समाधान हुने बताए । बाँकी रकमबाट कर्मचारीलाई तलब भत्ता दिने बताए । तर एकजना कर्मचारीका अनुसार स्टोरबाट आपूmखुशी औषधि खरिद गर्दा त्यसबाट आएको कमिशन घूसको रकम भएकोले त्यो सीधै मेसुले खाने योजना बनाएको जानकारी गराए ।

Tags
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker