Birgunj Newsप्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव

काङ्ग्रेस–फोरमबीच झन्डाको विषयलाई लिएर विवाद

वीरगंज, ९ मङ्सिर – नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीले पत्रकार सम्मेलन गरी सङ्घीय समाजवादी फोरम नेपालका कार्यकर्ताले नेपाली काङ्ग्रेसको झन्डा उखेलेको आरोप लगाएका छन् तर सङ्घीय समाजवादी फोरम नेपाल पर्साले विज्ञप्ति जारी गरी आरोपको खण्डन गरेको छ ।
चुनावीसभामा विगत केही दिनदेखि दुवै पार्टीबीच एकअर्काप्रति आरोप–प्रत्यारोप लगाउँदै आएका काङ्ग्रेस र फोरम नेपालका नेताहरूले आज झन्डाको विषयमा विवाद गरेका छन् ।

पत्रकार सम्मेलन गरी सभापति द्विवेदी पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रूँगटा र प्रदेशसभा उम्मेदवार विजय सर्राफले फोरम नेपालका कार्यकर्ताले वीरगंज–१२ मुर्लीमा रहेको नेपाली काङ्ग्रेसको झन्डा उखेलेर फालेको आरोप लगाए ।

प्रदेशसभा उम्मेदवार सर्राफले राति सवा १० बजे काङ्ग्रेसको झन्डा फाल्दै फोरम नेपालका कार्यकर्ताले आप्mनो झन्डा राखेको आपैmंले देखेको दाबी गरे । सभापति द्विवेदीले घटनाबारे स्थानीय प्रशासन, निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए । उनले फोरम नेपाल पर्सा पराजित मनःस्थितिमा पुगेको र शान्ति खल्बल्याउँदै मुठभेड निम्त्याउने दाउमा रहेको आरोप पनि लगाए ।
फोरम नेपालका कावा अध्यक्ष्F सुन्दर कुर्मीले विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले लगाएको आरोपको खण्डन गरेका छन् । उनले आप्mनो कायर्कर्तालाई निर्वाचन आचारसंहितासहित कार्यक्षेत्रमा प्रशिक्ष्Fित गरेर पठाएको र उनीहरूबाट काङ्ग्रेसले आरोप लगाए सरहको काम नभएको दाबी गरेका छन् । कावा अध्यक्ष कुर्मीले काङ्ग्रेसलाई आरोप पुष्टि गर्न चुनौती पनि दिएका छन् ।

यसैबीच झन्डाकै विषयमा प्रदेश नं. १ का प्रतिनिधिसभा उम्मेदवार नेपाली काङ्ग्रेसका अनिल रूँगटा र राजपा–फोरम गठबन्धनका प्रदीप यादवले आज आयोजना गरेको चुनावीसभा पनि सोही कुराको चर्चा भयो ।

रूँगटाले वीरगंज–११, १२, १४ र २१ को रानीघाट, कृषि औजार चोक, बहुअरी र पटेलनगरमा आयोजना गरेको घरदैलो कार्यक्रममा आप्mनो नाम सुन्ने बित्तिकै डराउने राजपा–फोरम गठबन्धनका उम्मेदवार अहिले काङ्ग्रेसको झन्डाबाट तर्सिन थालेको आरोप लगाए ।

उनले काङ्ग्रेसको झन्डाबाट डराएका फोरमका उम्मेदवारले कार्यकर्ता लगाएर मुर्लीमा काङ्ग्रेसको झन्डा उखेलेको बताए ।
यता काङ्ग्रेसले आरोप लगाएको झन्डा उखेलिएको स्थान वीरगंज–१२ मुर्ली चोकमा राजपा–फोरम गठबन्धनको कोणसभामा उम्मेदवार प्रदीप यादवले काङ्ग्रेसको आरोप मिथ्या भएको बताए ।

उनले पनि काङ्ग्रेसलाई आरोप प्रमाणित गर्ने चुनौती दिए । पराजित मानसिकताको उपज झन्डा प्रकरण भएको बताए ।

काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य फोरममा प्रवेश
प्रस, परवानीपुर/
काङ्ग्रेसका जिल्ला नेताहरूले जनताका कामको लागि रेस्पोन्स नगरेपछि काङ्ग्रेसबाट भर्खरै निर्वाचित एकजना वडा सदस्य फोरम नेपालमा प्रवेश गरेका छन् । वीरगंज–१२ मुर्लीका वडा सदस्य रमेश साह कानू फोरम नेपालमा प्रवेश गरेका हुन् ।

आज मुर्ली चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी दर्जनौं कार्यकर्तासँगै फोरम नेपालमा प्रवेश गरेका हुन् । पार्टीमा प्रवेश गर्दै उनले भने–‘मुर्लीका एकजनाको कामको लागि काङ्ग्रेसी नेतालाई फोन गरें, कुनै प्रतिक्रिया नदेखाएपछि फोरममा प्रवेश गर्ने निर्णय गरें ।’ पछिल्लो स्थानीय तहको चुनावमा उनी मुर्ली वडा नं १२ बाट वडा सदस्य जितेका थिए । उक्त वडामा उनी मात्रै काङ्ग्रेसबाट वडा सदस्यमा जितेका व्यत्ति हुन् । बाँकी सबै पदाधिकारी फोरम नेपालबाट विजयी भएका थिए । उनले पार्टीका नेताको काम गर्ने शैली र रवैयाबाट असन्तुष्ट बन्दै पार्टी फेरेको बताए ।

घर दैलो कार्यक्रमसहित बुद्धिजीवीको बैठक सम्पन्न
प्रस, रौतहट/
वाम गठबन्धनका उम्मेदवारले आज रौतहट जिल्लाका क्षेत्र न १ का माधोपुर नगरपालिकाका सिगारमन तथा पकहा टोलमा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन् । वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सत्यनारायण भगत तथा प्रदेश सभा ‘ख’ का उम्मेदवार उपेन्द्र साह लगायत सयौं कार्यकर्ता घर दैलो कार्यक्रममा सहभागी थिए । सो अवसरमा उम्मेदवारहरूले प्राविधिक शिक्षालय स्थापना र सामाजिक सुरक्षा भत्ता दोब्बर गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसैगरी आज दिउँसो बुद्धिजीवीहरूको भेला भलोहिया वडामा सम्पन्न भएको छ ।

बुद्धिजीवी समाजका अध्यक्ष नवीनकुमार झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्दु झा, शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष मणिशङ्कर निधि, टिएन झा, वडा कार्यालय मत्सरीका डिके झा, प्रदेश ‘क’ का उम्मेदवार भिखारी यादव, समानुपातिक उम्मेदवार राजकिशोर यादव, प्रदेश ‘ख’ का उम्मेदवार उपेन्द्र साह, प्रतिनिधिसभाका उम्मेदवार सत्यनारायण भगतलगायत सयौ कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Source
Prateek Daily
Tags
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker