Birgunj Newsप्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव

प्रदेशसभाः पर्सा, क्षेत्र नं. ३–४ मा त्रिपक्षीय प्रतिस्पर्धा

वीरगंज, ४ मङ्सिर – मङ्सिर २१ गते हुन गइरहेको प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नं. ३ र ४ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काङ्ग्रेस, वाम गठबन्धन र राजपा–फोरम गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रदेशसभा ३ ‘क’बाट नेकाका चन्द्रकिशोर चौधरी, वाम गठबन्धनबाट नागेन्द्र चौधरी र राजपा फोरम गठबन्धनबाट मन्जुर अन्सारी चुनावी प्रतिस्पर्धामा छन् ।

नेकाका उम्मेदवार चौधरी ऊर्जा मन्त्रालयमा इन्जिनियर थिए । जागिर त्यागेर उनी प्रदेशसभा निर्वाचनमा सहभागी भएका छन् भने अर्का वाम गठबन्धनका नागेन्द्र चौधरी एमालेबाट यस अघि समानुपातिक सांसद थिए । उनी एमाले पोलिटब्युरो सदस्य र प्रदेश नं. २ को सहसंयोजक पनि हुन् । क्षेत्र नं. ३ ‘क’ बाट राजपा–फोरम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा रहेका मन्जुर अन्सारी सङ्घीय समाजवादी फोरम नेपाल, पर्साका उपाध्यक्ष हुन् । उनी यस अघि फोरम नेपालबाटै क्षेत्र नं. ४ मा दोस्रो संविधानसभा निर्वाचन लडेका थिए ।

यसैगरी क्षेत्र नं. ३ ‘ख’बाट नेकाका जनार्दन सिंह क्षत्री, वाम गठबन्धनबाट माओवादीका छोटेलाल यादव, राजपा–फोरम गठबन्धनबाट प्रह्लाद गिरी प्रतिस्पर्धामा छन् ।

नेकाका क्ष्Fत्री जिविस पर्साका पूर्व सभापति हुन् । यसैगरी पूर्व स्ववियु सभापति तथा हालै पार्टीको जिल्ला सभापति पदमा चुनाव लडेका थिए भने वाम गठबन्धनका यादव माओवादी पोलिटब्युरो सदस्य हुन् । लेक्चररबाट राजीनामा दिएर दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट क्षेत्र नं. ३ मा प्रतिस्पर्धा गरेका थिए । राजपा–फोरम गठबन्धनबाट चुनावी मैदानमा रहेका गिरी हाल सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन् । यस अघि पर्सा क्ष्Fेत्र नं. ४ बाट एकपटक एमाले र एकपटक माओवादी केन्द्रबाट संसद्मा चुनाव लडिसकेका छन् ।

क्षेत्र नं. ४ को ‘क’बाट नेकाका शङ्कर चौधरी, वाम गठबन्धनबाट एमालेका जयप्रकाश थारू र राजपा–फोरम गठबन्धनबाट राजपाका रामचन्द्र पडित चुनावी मैदानमा देखिएका छन् ।

नेकाका शङ्कर चौधरी नेकाका पुराना कार्यकर्ता हुन् । उनी सांसद सुरेन्द्र चौधरीको स्वकीय सचिव भएर काम गरिसकेका छन् भने जयप्रकाश थारू पर्सा क्ष्Fेत्र नं. ५ बाट यस अघि निर्वाचित सांसद हुन् । उनी हाल एमाले जिल्ला कमिटी सदस्य र क्षेत्रीय संयोजक छन् । यसैगरी राजपा–फोरम गठबन्धनका पडित शिक्ष्Fण पेशा त्यागेर राजनीतिमा उत्रेका हुन् । नेकासँग आबद्ध रहेर लामो समय राजनीतिमा रहेका पडित शिक्ष्Fक युनियनका पूर्वअध्यक्ष पनि हुन् ।

यसैगरी क्षेत्र नं. ४ ‘ख’बाट नेकाका वशिष्टनारायण कुर्मी, वाम गठबन्धनबाट माओवादीका सुरेश कुर्मी र राजपा फोरम गठबन्धनबाट सिंहासन साह कलवार चुनावी मैदानमा छन् ।

नेकाका कुर्मी पुराना कार्यकर्ता हुन् । उनी दुईपटक समानुपातिकका उम्मेदवारमा सिफारिस भएका थिए । उनी महासमिति प्रतिनिधि र हालै नेका, पर्साको सम्पन्न निर्वाचनमा सभापति पदमा लडेका थिए । वाम गठबन्धनबाट माओवादीका सुरेश कुर्मी हालै राजपा परित्याग गरी सो क्ष्Fेत्रबाट माओवादी पार्टीबाट प्रदेशसभा प्रत्याशी बनेका हुन् । राजपा–फोरम गठबन्धनका कलवार निर्माण व्यवसायी हुन् । उनी निर्वाचनमा पहिलोपटक प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

 

पर्सा क्षेत्र नं.३ ‘क’ प्रदेशसभा सदस्यको लागि ११ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा पटेर्वा सुगौली गापा, पोखरिया नपा–१,२, १०, सखुवा परसौनी गापा, बहोदरामाई नपा–५, जगरनाथपुर गापा–६ परेको छ ।

यसैगरी क्षेत्र नं. ३ ‘ख’ को प्रदेशसभा सदस्यको लागि १८ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा बहोदरामाई नपा–१, ७, ८, ९, विन्दवासिनी गापा, पकाहा मैनपुर गापा–१, २, ३, ४, पोखरिया नपा– ४, ५, ६, ७, ८, ९ वडा पर्दछ ।

क्षेत्र नं. ४ ‘क’ बाट प्रदेशसभा सदस्यको लागि १२ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा जगरनाथपुर गापा–१, २, ३,४,५, जीरा भवानी गापा र ठोरी गापा पर्दछ ।

क्षेत्र नं. ४ ‘ख’ बाट प्रदेशसभा चुनावमा १५ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा छिपहरमाई, धोबिनी, कालिकामाई गापा र पकाहा मैनपुर गापा–५ तथा पोखरिया नपा–३ पर्दछ ।

Source
Prateek Daily
Tags
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker