Birgunj News

भारतीय जीवन बिमा अभिकर्ताहरूको धर्ना स्थगित

वीरगंज, ८ मङ्सिर – भारतीय जीवन बिमा निगमले नेपाली नागरिकको बिमा गर्दा पनि आधार कार्ड र प्यान कार्ड अनिवार्य गरेकोमा विरोध गर्दै आएका एलआइसीका अभिकर्ताहरूको धर्ना कार्यक्रम आगामी डिसेम्बर १५ सम्मको लागि स्थगित भएको छ ।
अभिकर्ता सङ्घलाई एलआइसी रक्सौल शाखाका प्रबन्धक मोहित कुमारले १५ डिसेम्बरसम्म सकारात्मक परिणाम आउने लिखित आश्वासन दिएपछि सो समयसम्मको लागि आन्दोलन स्थगित गरिएको हो । आन्दोलन गरिरहेका अभिकर्ता सङ्घका ठाकुर विनोद सिंह, राजनारायण सिंहलगायतले शाखा प्रबन्धकको लिखित आश्वासनपछि १५ डिसेम्बरसम्मको लागि आन्दोलन स्थगित गरिएको बताए ।

मङ्सिर ५ गतेदेखि शुरू भएको धर्ना कार्यक्रम अन्तर्गत आज रक्सौलस्थित भारतीय जीवन बिमा निगमको कार्यालयमा काम ठप्प पारिएको थियो । आन्दोलनरत अभिकर्ताहरूले कर्मचारीलाई प्रवेश निषेध गरेको बताइएको छ । भारतीय जीवन बिमा निगमलगायतका भारतीय बिमा कम्पनीहरूले करिब सात महिना पहिले सूचना जारी गरी सन् २०१७ नोभेम्बर २० देखि नेपालको तराई भूभागका नेपाली नागरिकको जीवन बिमा गर्दा अनिवार्यरूपमा आधार कार्ड र प्यान कार्ड हुनुपर्ने नियम बनाएको विरोधमा अभिकर्ताहरूले धर्ना कार्यक्रम गरेका हुन् । भारतीय जीवन बिमा निगमका अभिकर्ता केशव निरौलाले बताए अनुसार भारतीय सम्पूर्ण बिमा कम्पनीले सूचना जारी गरी सीमावर्ती क्ष्Fेत्रसँग जोडिएका तराई क्ष्Fेत्रको नेपाली नागरिकको जीवन बिमा गर्दा आधार कार्ड र प्यान कार्डको अनिवार्यता लगाएपछि यस भेगबाट बिमाको काम शून्य अवस्थामा पुगेको छ ।

तराई क्ष्Fेत्रका नेपाली नागरिकको बिमा नगर्ने तर पहाडी तथा हिमाली क्ष्Fेत्रका नागरिकको बिमा भने पूर्वतः रूपमा गर्ने निगमको निर्णयविरुद्ध अभिकर्ताहरू आन्दोलित भएका निरौलाले बताए । सीमावर्ती क्षेत्रसँग जोडिएको हुँदा यहाँका अभिकर्ताहरू पहाड र हिमालमा गएर बिमा गराउन सक्ने अवस्था नरहेको उनले बताए । सीमावर्ती क्ष्Fेत्रमा एलआइसीको मात्रै ७ लाखभन्दा बढी ग्राहक छन् । यहाँ अर्बौंको पूँजी फसेको छ । एलआइसी रक्सौल शाखा प्रमुखले पहिले नै बिमा गराएकाहरूको हकमा आधार कार्ड र प्यान कार्ड लागू नहुने स्पष्ट पारेका छन् । तर एलआइसीसँग आबद्ध रक्सौल शाखाको मात्र ७ सय अभिकर्ताहरू तराई क्ष्Fेत्रमा नयाँ ग्राहक जोड्न नसक्दा बिचल्लीमा परेका छन् ।

समाचार स्रोत अनुसार मधेस आन्दोलन र नाकाबन्दीताका रक्सौल पुलमा भएको आन्दोलनस्थलबाट हतियार, गोलाबारुदसहित पक्राउ परेका पाँचजना पाकिस्तानी आतङ्ककारीले तराई क्ष्Fेत्रबाट वंशजको नागरिकता लिएको अनुसन्धानबाट खुलेपछि भारत सरकारले सीमावर्ती क्षेत्रको नेपाली तराई भूभागमा बसोबास गर्नेहरूको जीवन बिमा गर्दा अनिवार्यरूपमा भारतीय आधार कार्ड र प्यान कार्ड हुनुपर्ने नियम लागू गरेको हो । जीवन बिमासँगै बैंकहरूले पनि नेपाली नागरिकसँग खातामा रकम जम्मा गर्न तथा झिक्न आधार कार्ड र प्यान कार्ड माग्न शुरु गरेका छन् । बैंकले पनि नयाँ ग्राहक बनाउँदा आधार कार्ड र प्यान कार्डलाई अनिवार्य गरेको छ । बैंकिङ कारोबारमा पनि आधार कार्ड र प्यानकार्ड माग गरिएपछि भारतीय बैंकमार्पmत् कारोबार गर्ने नेपाली नागरिकहरूलाई समस्या भएको छ ।

Tags
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker