Birgunj News

मधेसी नेताकोे हार–जीतले मधेस मुद्दाको भविष्य निश्चित हुने

वीरगंज, ५ कात्तिक – मधेसी नेताको हार–जीत, मधेसको मुद्दासँग जोडिएको वक्ताहरूले बताएका छन् ।
मधेस संवाद समूह नेपालले वीरगंजको पूजन होटलमा आयोजना गरेको लोकतन्त्र र मधेसमा वर्तमान अवस्था एवं भावी चुनौती विषयक अन्तत्र्रिmयामा बोल्दै सहभागीहरूले मधेसको माग जीवित राख्न सुझाएका थिए ।

मधेसमा अधिकारको लागि हुँदै आएको आन्दोलनबाट प्राप्त अधिकार संस्थागत गर्न मधेसको मुद्दा जीवित राख्न आग्रह गरेका थिए । तर देशमा बढदो राजनीतिक दलको धु्रवीकरणले मधेसको मुद्दा समाप्त हुने खतरा बढदै गएको सहभागीले बताएका छन् ।
वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र मधेसी गठबन्धनले जनताबीच फाटो ल्याएको सहभागीहरूले बताएका थिए । वाम गठबन्धनको कारण आन्दोलनबाट प्राप्त उपलब्धि सङ्घीयता, गणतन्त्र तथा लोकतन्त्रप्रति खतरा बढदै गएको टिप्पणी गरेका थिए ।

अन्तत्र्रिmयामा बोल्दै मेयर विजय सरावगीले मधेसीहरू आन्दोलनको क्रममा मात्रै एकता हुने तर निर्वाचन प्रक्रियामा फुटेर गएपछि मधेसको मुद्दा संस्थागत हुन नसकेको बताए । उनले अहिले मधेसको मुद्दा मतदानको माध्यमबाट संस्थागत हुने समयमा फुटेर हराएको बताए । मधेसी एकताको नाममा भाँडभैलो मचाउने मधेसी नेतालाई लखेटने उनले बताए । मधेसी जनताले समग्र मधेसबारे सोच्ने बेला आएको बताए । शिक्षा, स्वास्थ्यलगायत अन्य सबै क्षेत्रमा भ्रष्टाचार मौलाएकोले मधेसको विकास हुन नसकेको बताए ।
अधिवक्ता वीरेन्द्र यादवले संविधान निर्माण प्रक्रियादेखि नै मधेसीसँग विभेद भएपछि आन्दोलन शुरु भएको बताएका थिए । उनले अहिलेसम्म संविधान जारी भए पनि मधेसमा उठेका मुद्दामध्ये संविधान संशोधन, पुनर्लेखनलगायत अन्य धेरै मुद्दा अन्योलमा परेको बताए । गठबन्धनले मुलुकमा देखापरेको समस्या समाधान गर्न पछि थप चुनौती आउने बताए । संविधान कार्यान्वयन गर्न पनि पछि चुनौती थपिने उनको भनाइ थियो ।

पूर्व सभासद आत्माराम साहले लोकतन्त्र, सङ्घीयता, गणतन्त्रलाई संस्थागत गर्न चुनौती रहेको बताए । मधेसमा लोकतन्त्रको खतरा पार्टी धु्रवीकरणले निम्त्याउने निश्चितप्रायः भएको बताए । उनले भने– मधेसमाथि संस्थागतरूपमा विभेद भएको छ, यसरी मधेसी फुटे भने अधिकार पाइँदैन ।
मधेस संवाद समूहका दिवेश झाले जनताले आप्mनो म्यान्डेट मतमार्पmत राख्ने भएकोले यो अवसर नगुमाउन आग्रह गरे । संविधान जारीपश्चात् असन्तुष्ट पक्षमध्ये मधेसीले गरेको आन्दोलनको क्रममा उठेको माग अहिलेसम्म पूरा नभएको उनले बताए ।
नेपालमा वाम गठबन्धनले एक दलीय शासन ल्याउन खोजेको उनले आरोप लगाएका थिए । मधेसी मुद्दा जीवित राख्नको लागि मतदाताहरूलाई सही ठाउँमा मतदान गर्न सुझाए ।

शहीदपत्नी बबितादेवी कलवारको सभापतित्वमा शुरु भएको कार्यक्रममा देवेन्द्र मिश्रा, हेमन्त झा, अधिवक्ता पन्नालाल गुप्ता, सिपु तिवारी, रम्भा मिश्रा, मोनिका सिंहलगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन रितेश त्रिपाठीले गरेका थिए ।

Source
Prateek Daily
Tags
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker