Birgunj News

वन–डे नकआउट क्रिकेटमा बेतिया विजयी

वीरगंज, ९ मङ्सिर – युनाइटेड क्रिकेट क्लब वीरगंजद्वारा नारायणी रङ्गशालामा आयोजित वीरगंज च्याम्पियन्स कप २०१७ वनडे नकआउट क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादवले राज्यको उपेक्षाका कारण मधेसका राम्रा खेलाडीले राष्ट्रिय टोलीमा स्थान नपाएको कारण पर्सा जिल्लामा खेलको विकास हुन नसकेको बताए ।

उनले नारायणी र आदर्शनगर रङ्गशालाको अवस्था दयनीय रहेको बताउँदै आपूm निर्वाचन भएपछि दुवै रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगितामा भारत र नेपालगरी ८ विभिन्न स्थानबाट आएका टिम सहभागी छन् । आजको खेलमा जनकपुर र भारतको बेतिया टिम प्रतिस्पर्धी थिए । बेतिया पाँच विकेटले विजयी भएको छ ।

Tags
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker