Birgunj News

वीरगञ्जमा अचानक सुरक्षा व्यवस्था कडा, १५सय सुरक्षाकर्मी परिचालन

वीरगञ्ज, १४ मंसिर – भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्ज शहरमा अचानक सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

नेपाली काँग्रेस पर्साले वीरगन्जमा आयोजना गर्न लागेको वृहत्त आमसभालाई सम्बोधन गर्न वीरगञ्ज जान लागेका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको सुरक्षार्थ वीरगन्जमा सुरक्षा अवस्थालाई व्यापक कडाई गरिएको छ भने चेकजाँच कार्यलाई तिब्रता दिइएको छ ।

यही मंसिर २१ गते हुन लागेको दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको प्रचार प्रसारका लागि वीरगन्जमा आज दिउँसो ३ बजे हुन गइरहेको नेपाली काँग्रेस पार्टीको वृहत्त आम सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र उद्योगपति विनोद चौधरी वीरगन्ज जान लागेका छन् ।

दुई दिन अगाडि मात्रै दाङको तुलसीपुरमा प्रधानमन्त्री देउवाको सम्बोधनलाई लक्षित गरि अज्ञात समूहले बम विस्फोट गराएको थियो भने त्यस्तो अवस्था वीरगन्जमा हुन नदिनका लागि प्रधानमन्त्री लगायत नेताहरुको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगरको गल्ली गल्लीमा सुरक्षा व्यवस्थालाई कडा पार्नुका साथै चेकजाँच कार्यलाई व्यापक तिब्रता दिएको पर्साका सहायक प्रजिअ दुर्गादत्त पौडेलले बताए ।

प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर करिब ३ सय ५० भन्दा जना सशस्त्र प्रहरी, ५ सय ५० जना नेपाल प्रहरी तथा ५ सय ५० जना म्यादी प्रहरी खटाइएको छ ।

Source
Nepaliheadlines
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker