Birgunj News

पर्सामा चुनावको लागि ३ हजार ८ सय सुरक्षाकर्मी परिचालन

वीरगंज, ३१ भदौ – आसन्न स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार आठ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।
असोज २ गते हुने निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लामा नेपाल प्रहरीका मात्रै दुई हजार तीन सय ७५ जनालाई परिचालन गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

पर्सा जिल्लामा अहिले नेपाल प्रहरीका ९३८ जना मात्र कार्यरत रहेको भन्दै प्रउ गिरीले चुनावका लागि अपुग १,४३७ जना नेपाल प्रहरीका जवान अन्य प्रदेशबाट झिकाइएको बताए ।

यस्तै, आसन्न निर्वाचनका लागि पर्सामा सशस्त्र प्रहरीको तर्पmबाट १,४२८ जना जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील पराजुलीले जानकारी दिए ।

पर्सामा अहिले ६६३ सशस्त्र प्रहरी कार्यरत रहेकाले चुनावका लागि अपुग ८६५ सशस्त्र प्रहरी अन्य प्रदेशबाट झिकाइएको सप्रनाउ पराजुलीले बताए ।

पर्साका अधिकांश गाउँ भारतको सीमासँग जोडिएको कारण चुनावको लागि विशेष सुरक्षा रणनीति बनाएर उच्च सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए ।

सुरक्षा व्यवस्थालाई मजबुत बनाउन निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् गर्नुपर्ने सुरक्षा रणनीति तय गरिएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

Source
Prateek Daily
Show More

Related Articles

Back to top button