Bollywood

‘कौन बनेगा करोडपति’ अब रणवीर कपुरले चलाउने !

भारतको चर्चित टेलिभिजन शो कौन बनेगा करोडपतिलाई अभिनेता अमिताभ बच्चनले दर्शकमाझ स्थापित गरेका हुन् । पहिलो सिजनदेेखि नै सो कार्यक्रमको होस्ट गर्दै आएका छन् उनले ।

बिचमा एउटा सिजन शाहरुख खानले होस्ट गरेका थिए, तर त्यो नराम्रोसँग फ्लप भयो । त्यसपछिको सिजनमा अमिताभ पुनः फिर्ता आए ।

यसरी केबिसीको अभिन्न अंग जस्तै बनेका अमिताभ आगामी सिजनमा भने देखिने छैनन् । भारतीय मिडियाहरुका अनुसार उनलाई पछिल्लो पुस्ताका अभिनेता रणवीर कपुरले प्रतिस्थापन गर्ने सम्भावना छ । के कारणले अमिताभ शोबाट बाहिरिएका हुन् भन्ने प्रष्ट भएको छैन ।

टेलिभिजन च्यानलले पनि यसको आधिकारिक पुष्टी गर्न बाँकी छ । ३ जनवरी २००० बाट सुरु भएको केबिसीले ८ सिजन बिताइसकेको छ । त्यसमध्ये सात सिजन अमिताभले चलाएका हुन् ।

-Onlinekhabar-

Show More

Related Articles

Leave a Reply

Adblock Detected

Please consider supporting us by disabling your ad blocker