Bollywood

सर्वाधिक कमाउने ५ फिल्ममा सलमान र आमिरको कब्जा

बलिउडमा बर्षेनी रिलिज हुने सय बढी चलचित्रमध्ये केहिले मात्र लोभलाग्दो व्यापार गर्छन् । अझ, केहि कलाकार बाहेक २ सय करोड माथिको व्यापार धेरैका लागि सपना मात्र बन्ने गरेको छ ।

बलिउडमा आजसम्म रिलिज भएका चलचित्रको व्यापार हेर्ने हो भने, केहि मात्र यस्ता चलचित्र छन् जसले २ सय र ३ सय करोड नेटको व्यापार गरेका छन् ।
हामी, यहाँ एउटा रोचक तथ्य उल्लेख गर्दैछौ । बलिउडमा आजसम्म रिलिज भएका चलचित्र हेर्ने हो भने, सर्वाधिक कमाउने ५ चलचित्रमा नायक सलमान खान र आमिर खानको मात्र कब्जा देखिएको छ ।

सलमान र आमिर मात्र यस्ता २ कलाकार हुन्, जसका चलचित्रले ३ सय करोड माथिको नेट व्यापार गरेका छन् । २ सय करोड कमाउने कलाकारको आमिर र सलमानपछि नायक साहरुख खान पर्छन्, जसको ‘चेन्नई एक्सप्रेस र ह्याप्पी न्यू इयर’ले यो आँकडा छोएका छन् ।

तर, सर्वाधिक व्यापार गर्ने टप ५ चलचित्रको सूचीबाट उनी केहि पर छन् । बलिउडमा सर्वाधिक कमाउने चलचित्र हो, ‘पीके’ । यो चलचित्रले ३४० करोडको व्यापार गरेको थियो । दोश्रो नम्बरमा सलमान खान अभिनित ‘बजरंगी भाइजान’ पर्छ । जसले ३२० करोड माथिको व्यापार गरेको थियो । तेश्रो नम्बरमा सलमान खानकै अभिनय रहेको चलचित्र ‘सुल्तान’ पर्छ, जसले ३ सय करोडको व्यापार गरेको थियो ।

चौथो नम्बरमा अामिर अभिनित चलचित्र ‘दंगल’ आइपुगेको छ । जसले, सोमबारसम्म २८४ करोडको व्यापार गरेको छ । ‘दंगल’को लाइफ टाइम कलेक्शन ‘पीेके’को भन्दा धेरै हुने देखिएको छ । पाँचौ नम्बरमा पनि आमिर खान अभिनित चलचित्र ‘धुम ३’ नै पर्छ । जसले २८० करोडको व्यापार भारतमा गरेको थियो ।

यसरि, हेर्दा विगत ६ बर्षयता बलिउड बक्स अफिसमा आमिर खान र सलमान खानको दबदबा नै देखिएको छ ।

 

-Onlinekhabar-

Show More

Related Articles

Leave a Reply

Adblock Detected

Please consider supporting us by disabling your ad blocker