Bollywood

हलिउड फिल्मको बयान गरेर थाक्दिनन् दीपिका

समिक्षकहरुले खासै गतिलो नमाने पनि दीपिका पादुकोण आफ्नो पहिलो अंग्रेजी फिल्म ‘एक्स एक्स एक्सः द रिटर्न अफ जेन्डर केज’ को बयान गरेर थाक्दिनन् । हालै एक अन्तरवार्तामा उनले आफ्नो फिल्ममा मनोरञ्जन, मस्ति र एक्सन भरपुर रहेको भन्दै यस्ता फिल्म विरलै बन्ने जिकिर गरिन् ।

यो फिल्ममा दीपिका ले सेरेना अंगरको भूमिका निभाएकी छिन् । फिल्मको कथा विस्तारवादी प्रकृतिबाट धेरै प्रभावित भएको दिपिकाले बताइन् । उनले भनिन्, ‘सही अर्थमा यो एउटा एक्सन फिल्म हो । यहाँ बन्दुकहरु छन्, राम्रा मान्छेहरु छन्, खराब मान्छेहरु छन्, कारमा विष्फोटहमरु हुन्छन् । साथमा धेरै ड्रामा पनि यसमा मिसाइएको छ ।’

आफ्नो भूमिकाबारे दिपिका भन्छिन्, ‘सेरेना एकदम मजबुत र आत्मनिर्भर छे । यो भूमिकाले मलाई आजका महिलाको याद दिलाउँछ । यसको मतलब यो होइन कि सेरेना शान्त रहन सक्दिन । उ नाजुक छे र बुद्धिमान पनि छे । उ आफ्नो अधिकारको लागि लड्न सक्छे ।’

-Onlinekhabar-

Show More

Related Articles

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker