Celeb/Model Photos

Shristi Tamang


२० वर्षीया सृष्टि तामाङ यतिबेला उत्साहित छिन् । आर एन्ड आर ग्रुपले अघिल्लो महिना काठमाडौंमा आयोजना गरेको नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि नै जितेपछि उनको उत्साह बढेको हो । ५ फिट ७ इन्च अग्ली सृष्टिले जीवनमा पहिलो पटक सहभागिता जनाएको प्रतियोगितामै सफलता हासिल गरेकी हुन् । लगनशीलता एवं कडा परिश्रमकै कारण आफू सफल भएको बताउने सृष्टिको ध्यान आगामी वर्षको मिस नेपाल प्रतियोगितामा केन्द्रित छ । ‘मिस नेपालको उपाधि जितेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने धोको छ, सोसल वर्क विषयमा स्नातक गरिरहेकी सृष्टि भन्छिन्— ‘मोडलिङमै करियर बनाउने योजना छ ।’

सुपर मोडल प्रतियोगितामा सहभागिता जनाउनुअघि नै केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी सृष्टिले अभिनय गरेको गायिका निशा देसारको ‘दोषी त नजर नै थियो’ गीतको म्युजिक भिडियो हालसालै सार्वजनिक भएको हो । ‘अभिनयमा पनि रुचि छ, सृष्टिले नेपाली चलचित्रमा आउन सक्ने सम्भावनालाई इंगित गर्दै भनिन्— ‘अभिनयको प्रशिक्षण नै लिएर अघि बढ्ने योजना छ ।’ फुर्सदमा साथीहरूस“ग भेटघाट गर्न रुचाउने सृष्टि समर वेयरकी पारखी हुन् । ललितपुरकी स्थायी बासिन्दा सृष्टि भविष्यमा सामाजिक कार्यमा समेत सक्रिय रहने बताउ“छिन् ।

कृष्ण भट्टराई
तस्बिर: महेश प्रधान
लोकेसन: समिट होटल, कुपन्डोल

Rate This Gallery

0%

User Rating: Be the first one !
Source
eKantipur
Tags
Show More
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker