Did You Know

कुन-कुन देशमा ‘फेसबुक’ चलाउन पाइदैन?

अहिले सामाजिक सञ्‍जाल ‘फेसबुक’ विश्‍वभरी नै चर्चित छ। फेसबुकको माग दिनप्रतिदिन बढ्दो छ। तर चर्चित फेसबुक पनि केही देशहरुमा चलाउन भने प्रतिबन्ध लगाइएको छ। कुन कुन देशमा फेसबुकलाई प्रतिबन्ध गरिएको छ त ?

 

पाकिस्तान
सन् २०१०देखि सामाजिक सञ्‍जाल ‘फेसबुक’ पेजमा पैगम्बर मुहम्मदलाई दुर्दशामा अवस्थामा रहेको भनेर कार्टून पोस्ट भेटियो। यसपछि उक्त तस्बिर भाइरल हुँदै धेरै विवाद निम्त्यायो र पाकिस्तान सरकारले दुई हप्ता फेसबुकलाई बन्द गर्नु पर्यो भने पछि देशमै नै प्रतिबन्ध लगाउनु पर्‍यो।

उत्तर कोरिया
उत्तर कोरियामा पनि फेसबुक चलाउन पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। उत्तर कोरियामा फेसबुक चलाइए त्यहाँको गोप्य कुरा बाहिर आउने डरले प्रतिबन्ध लगाइएको हो।

इरान
इरानमा सन् २००९ मै चुनावपछि फेसबुक चलाउन त्यहाँका नागरिकहरुलाई रोक लगाइयो। तर ४ वर्षपछि कसैलाई नसोधी फेसबुकमाथि इरानमा प्रतिबन्ध लगाइयो।

तजाकिस्तान
इरानको राष्ट्रपतिमाथि भ्रष्टाचार गरेको दुष्प्रचार हुने डारले ताजकिस्तानमा नोभेम्बर सन् २०१२ मा फेसबुकमा रोक लगाइयो।

चीन
चीन सरकारले पनि आफ्नो नागरिकले विरोधका स्वरहरु फेसबुकमा आउन सक्‍ने भन्दै देशभरि नै फेसबुक चलाउन रोक लगाइदियो। तर चीनमा पर्यटकको लागि भने फेसबुक चलाउन छुट दिइएको छ।

भियतनाम
यहाँ सन् २०१६ देखि विरोध सुरु भएपछि फेसबुकलाई दुई हप्ताको लागि प्रतिबन्ध लगाइएको थियो तर यसपछि पूर्ण रुपले फेसबुकमाथि सरकारले रोक लगाइदिएको छ।

मारीश
यो देशमा सन् २००७ नोभेम्बरमा प्रधानमन्त्रीको नाममा एउटा झुटो प्रोफाइल बनेको थाहा पाएपछि सरकारले सामाजिक सञ्‍जाललाई प्रतिबन्ध लगाउनु पर्यो।

क्यूबा
यहा पनि फेसबुक चलाउन पाइनदैन। यदि चलाउनै परेमा फेसबुक क्याफेमै जानु पर्छ।

बांग्लादेश
बंगलादेशमा फेसबुकमा एउटा विवादित कार्टून पोस्ट गरिएपछि यहाँ पनि फेसबुकमाथि प्रतिबन्ध लगाइयो। तर यो पोस्ट हटाएपि फेरि फेसबुक चलाउन सुरु गरिएको छ।

इजिप्ट
सन् २०११पछि इजिप्टको राष्ट्रपतिलाई बधाई दिनुको साटो विवादित अभियान चलाएपछि फेसबुकमाथि रोक लगाइयो।

प्रतिक्रिया लेख्नुहोस

Source
Annapurnapost
Show More

Leave a Reply

Back to top button