Featured Stories

चंगा र पिङ खेल्दा ध्यान दिनुस्

चाडपर्वमा रमाइलोका लागि चंगा उडाइन्छ ।

सुरक्षित ठाउँमा मात्र चंगा उडाउनुपर्छ ।

 

आफूले उडाएको चंगा अर्काले चेट गर्‍यो भनेर रिसाउने, झगडा गर्ने आदि काम गर्नु हुँदैन ।

 

चंगा छतबाट उडाइने भएकाले वरिपरि बार भए–नभएको ख्याल गर्नुपर्छ ।

 

चंगा उडाउने धागोले हात काट्न सक्ने भएकाले ध्यान पुर्‍याउनुपर्छ ।

 

दसैंका बेला धर्ती छोड्नुपर्छ भन्ने मान्यताका कारण पिङ खेलिन्छ ।

 

पिङ खेल्दा पिङ कत्तिको बलियो छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

 

पिङ खेल्दा धेरै मच्चाउनु हुँदैन, लड्ने तथा पिङ उल्टिने सम्भावना हुन्छ ।

 

पिङको डोरी बलियोसँग समात्नुपर्छ ।

 

पिङ रोकिएपछि मात्र ओर्लनुपर्छ अन्यथा लडिने डर हुन्छ ।

Source
eKantipur
Tags
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker