Bindabasini GaupalikaLocal LevelsNational NewsParsa Newsप्रदेश २

मुद्धा दर्ता नभए पछि मातृका यादव धार्नामा ।

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँ कमिटी सचिवको हत्या भएको छ । पार्टीको सपथग्रहण कार्यक्रममा भएको झडपमा आफनै दलका कार्यकर्ताहरुको कुटपिटबाट घाइते भएका नेकपा बिन्दवबसिनी गाउपालिका कमिटीका सचिव मुकेश चौरसियाको शुक्रबार बिहान वीरगन्ज न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।                                               पर्सा जिल्लाको बिन्दवासिनी गाउपालिका कमिटीको विहिवार दिउँसो शपथग्रहण कार्यक्रममा झडप हुँदा चौरसियाको टाउकोमा लाठी प्रहार गरिएको थियो । टाउको फुटेर गंभीर घाइते भएका मुकेश चौरसियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना गरिएको थियो । टाउकोमा गंभीर चोटका कारण अचेत अवस्थामा रहेका चौरसियालाई वीरगन्जको न्युरो अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बिन्दवासिनी गाउपालिका कमिटीको शपथग्रहण कार्यक्रम भइरहेको बेला दुई पक्षबीच लाठी हानाहान भएको थियो । मृतक गाउँपालिका कमिटी सचिव चौरसिया नेकपाको प्रचण्ड–माधव नेपाल समूहको भएका र उनलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर समुहले कुटपिटगरि हत्या गरेको आरोप लगाइएको छ । कार्यकर्ताहरु बीच एकआपसमा भएको झडपमा ८ जना घाइते भएका थिए । वीरगन्जको न्युरो अस्पतालमा शुक्रवार प्रचण्ड समुहका पर्सा जिल्लाका कार्यकर्ताहरुको बाक्लो उपस्थितिका कारण अवस्था तनाव पुर्ण बनेको थियो । पार्टीको शपथग्रहण कार्यक्रमबारे प्रहरीलाई जानकारी गराइएको थिएन् । कार्यक्रमबारे जानकारी नपाएका प्रहरी कार्यक्रम स्थलमा पुगेको थिएन् । पूर्व एमाले र माओबादी मिलेर गठन भएको गाउँपालिका कमिटी सदस्यहरुको शपथग्रहण कार्यक्रम बिहीबार गाउँपालिकाको वडा नम्बर ५ प्रसौनी भाटमा राखिएको थियो । सोहीक्रममा असन्तुष्ट पक्षले बिरोध जनाउँदा शपथग्रहण स्थलम नै दुवै पक्षका कार्यकर्ताहरुबीच झडप भएको थियो । पर्सामा नेकपा जिल्ला अध्यक्ष प्रभु हजरा पूर्व एमाले र सचिव विजय महतो पुर्व माओवादी हुन् । जिल्लाका कार्यकर्ताहरु अध्यक्ष हजारा र सचिव महतो समुहमा कार्यकर्ता विभाजित छन् । घटनामा संलग्न ८ जनालाई बिहिबार बेलुका नै पर्सा प्रहरीले नेकपाका पुर्व सांसद राजकुमार गुप्ताको घरबाट पक्राउ गरेको थियो । तर पूर्व सांसद गुप्ता लगायत ओली पक्षका नेताहरुको चर्को दबाव पछि ५जनालाई बिहिबार बेलुका नै छाडिएको थियो । घटनामा संलग्न ३ जना हनिफ मिया , डेवा सहनी र शोक्दीन गद्दीलाई नियन्त्रणमा नै राखेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले आवश्यक कार्वाही भइरहेको बताइन् । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले घटनामा संलग्न आशंकामा ३ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइन् । घरमा लुकेका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि गुप्तापनि जिल्ला प्रहरी कार्यालय पुगेका थिए । बिन्दवासिनीमा सचिव विजय महतो पक्षधरले शपथग्रहण गरिरहदा सो गाउपालिका कमिटीका बाकी पुर्व एमालेका सदस्यहरु कार्यक्रम स्थलमा आक्रमण गरेको महतो पक्षको आरोप छ । चौरसियाको शवको पोष्टमार्टम नारायणी अस्पतालमा गरिएकोछ । पीडित पक्षले दोषीहरु उपर कार्वाहीको माग गरेका छन् । पीडित परिवारले किटानी जाहेरी दिन खोजेपनि प्रहरीले आनाकानी गरेपछि उनीहरु धर्नामा बसेका छन् । नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मातृका यादव पनि धर्नामा केहि बेर बसेका थिए । मृतक चौरसिया यादवका सहयोगी थिए । घटनाका दोषीहरुलाई कार्वाही गर्न नेकपा पर्साका ईञ्चार्ज रामचन्द्र साह, अध्यक्ष प्रभु हजरा र सचिव विजय महतोले जारी गरेको संयुक्त विज्ञप्तिमा माग गरिएकोछ । महतो पक्षधर चौरसियाको हत्या भएकोछ । हजरा पक्षले हत्या गरेको आरोप लागेको छ । नेकपाको प्रदेश २ मा प्रारम्भ देखि नै विवाद चल्दै आएको छ । केन्द्रिय तहमा रहेको विवाद जिल्ला र गाउँ कमिटी सम्म पुगेको छ । प्रदेशका ईञ्चार्ज र अध्यक्ष बीच मधुर तालमेल रहेपनि अन्य नेताहरुमा चरम असन्तुष्टि देखिएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षधरहरु एक समुहमा छन् । प्रधानन्त्री ओली पक्षधरहरु अर्को समुहमा रहेका छन् । सोही घटनाको बारेमा बुझनको लागि नेकपा का सुरेन्द्र पाण्डे पनि बीरगंज पुगेका छन ।

Show More

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker