National Newsप्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव

तीन बजेसम्म ५५ प्रतिशत मतदान

काठमाडौं–आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अपरान्ह तीन बजेसम्म ५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा तथा ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्र तोकिएका छन् । पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

आज मतदान भइरहेका नुवाकोट, धार्दिङ, सिन्धुपाल्चोक बागलुङ र गोरखामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लाहरुमा एक मात्रै निर्वाचन क्षेत्र छन् ।

Source
Ratopati
Tags
Show More

Related Articles

Adblock Detected

Please consider supporting us by disabling your ad blocker