National News

१०२ स्थानको नतिजा सार्वजनिक, कांग्रेस अगाडि

७ आश्विन २०७४-प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा शनिबार बिहान ११ बजेसम्म १०२ तहको अन्तिम नतिजा आएको छ । हामीलाई प्राप्त अन्तिम परिणाममा कांग्रेस सबैभन्दा अगाडि छ ।

प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये कांग्रेसले ३२ स्थान जितेको छ भने ८ स्थानमा अगाडि छ । स्थानीय तहको चुनावमा कांग्रेस यसअघि प्रदेश नम्बर ४ मा मात्रै एमालेलाई लिड गरेको थियो ।

प्रदेश नम्बर २ मा १० स्थान जितेर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल दोस्रो स्थानमा छ । फोरम ५ स्थानमा अगाडि छ ।

पहिलो र दोस्रो चरणमा लिड गर्न नपाएको माओवादी केन्द्रले नतिजामा सुधार गर्दै अहिलेसम्म १७ स्थानमा विजय हासिल गरेको छ । ८ स्थानमा अगाडि छ ।

मधेसकेन्द्रित ६ वटा दलको एकीकरणबाट बनेको कान्छो दल राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि १७ स्थानमै विजय हासिल गरेको छ । ५ स्थानमा राजपा अगाडि छ ।

पहिलो र दोस्रो चरणको चुनावमा सानदार जित निकालेको एमाले प्रदेश २ मा भने नराम्ररी पछाडि पर्‍यो । १२ स्थानमा मात्रै प्रमुख पद जितेको एमाले ७ स्थानमा अगाडि छ ।

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले प्रदेश नम्बर २ मा केवल उपस्थितिमात्रै जनाएको छ । उसले ३ स्थानमा विजय हासिल गरेको छ ।

नयाँ शक्ति र जनता दलले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Source
ekantipur
Show More

Related Articles

Back to top button