Nepali

‘नचिनेको मान्छे जतिसुकै ह्याण्डसम भए पनि डेटिङ जान्नँ’

निता ढुंगाना पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये पर्छिन् । ठूलो पर्दाको चलचित्रका साथै उनी म्युजिक भिडियोमा समेत व्यस्त छिन् । चित्तबुझ्दो पारिश्रमिक नपाएको कारण केही फिल्म छाडेको उनी बताउँछिन् । उनै नितालाई अनलाइनखबरले लगाएको पाँच आरोप :

१. नयाँ नायिकासँग प्रतिस्पर्धामा खरो उत्रिन सक्नुभएन भन्छन् नि !

– त्यस्तो त हैन । मैले आफ्नै हिसाबले काम गरिरहेकी छु । नयाँ नायिकासँग प्रतिस्पर्धाको कुरा गर्दा म आफैं पनि पुरानी भइसकेकी छैन । स्ट्रगल गर्दै छु ।

२. हिरोइन भइसक्दा पनि जस्तोसुकै म्युजिक भिडियोमा काम गर्नुहुन्छ रे, हो ?

– पहिलो कुरो त मैले अभिनय गरेका म्युजिक भिडियो त्यस्तो हेर्नै नहुने खालका कुनै छैनन् । दोस्रो कुरा, नेपालमा फिल्म मात्रै खेलेर जीविकोपार्जन गर्न सकिँदैन । त्यसकारण पनि म्युजिक भिडियो खेल्नुपर्ने बाध्यता छ ।

३. अमेषसँग ब्रेकअप भएपछि पुरुषहरु तपाईंसँग नजिक हुन छाडेका छन् रे नि !

– त्यो पनि होइन । मसँग किन टाढा भाग्नुपर्‍यो ? म मान्छे नै हो, भूत भए पो मबाट टाढा भाग्नु । अर्को कुरा, यदि कोही मसँग नजिक आउन चाहँदैन भने पनि दुःखी हुन्नँ ।

४. कुनै ह्याण्डसम पुरुषले डेटिङ प्रस्ताव राख्यो भने हुन्छ भन्नुहुन्छ रे ?

– त्यो झन् होइन । त्यसै कहाँ डेटिङ गइन्छ र ! आनीबानी बुझ्नुपर्‍यो, कुराकानी मन पर्नुपर्‍यो । डेटिङ जानुअघि धेरै कुरा थाहा पाउनुपर्छ । चिन्दै नचिनेको मान्छे जतिसुकै ह्याण्डसम भए पनि डेटिङ गइँदैन ।

५. पारिश्रमिकमा बार्गेनिङ गर्नुहुन्न रे, जति दिए पनि काम गर्नुहुन्छ रे !

– हुँदै होइन । पारिश्रमिक राम्रो नपाएकै कारण कतिपय फिल्म छोडेकी छु । म अहिले पनि भन्छु, म थोरै पैसामा फिल्ममा काम गर्न सक्दिनँ । किनकि हरेक कलाकारको पारिश्रमिक समय अनुसार बढ्नुपर्छ ।

-Onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button