BhojpuriEventsFestivalParsa Newsसमाचार

तेली समाजको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

२०७७/०७/१४,पर्सा  तेली कल्याण समाज नेपाल सखुवा प्रसौनी गा.पा.को आयोजनामा शभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभ दिपावली तथा छठ पर्वको अवसरमा सखुवा प्रसौनी गाउपालिकाको वडा नं.६ लखनपुरमा आयोजना गरिएको शुभ कामना अदान प्रदान कार्यक्रम तेली कल्याण समाज नेपाल सखुवा प्रसौनि गा.पा.को अध्यक्ष शिवकुमार साह को अध्यक्षतामा तथा तेली कल्याण समाज नेपालको केन्द्रिय समिति उपाध्यक्ष बिश्वनाथ साह, बिष्षिट अतिथि केन्द्रिय सदस्य गणेश साह, बि. अतिथि प्रदेश सभा सदस्य मा. राजेश्वर साह, जिल्ला अध्यक्ष ध्रुव साह, जिल्ला सचिव लक्षुमण साह, जिल्ला सदस्य हजारी साह,असर्फि साह, बहुदरमाइ न.पा. ८ नं. वडामा वडा अध्यक्ष पुनिलाल साह तेलि, बीरगंजका पन्नालाल साह,बिन्दवासिनिका हरिनाथ साह, पर्सागढीका नन्दु साह पोखरियाका मोहन साह पटेर्वा सुगौलिका ब्रिजेश साह, क्षेत्र नं. २ का अध्यक्ष अजय साह, क्षेत्र नं. ३ का अध्यक्ष रामनाथ साह लगाएत बिभिन्न ठाउँका स्वजातियहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा बोल्दै बक्ताहरुले समाजलाइ अगाडि बढाउन शिक्षाको बिकास हुन जरुरी रहेको कुरामा जोड दिएका छन शिक्षाको बिकास भएपछि दाइजो प्रथा बिस्तारै हटदै जाने र सबैको मानसिकता परिर्वतन हुनेमा बिषेश जोड रहेको थियो ।कार्यक्रममा बोल्दै मा. राजेश्वर साहले राजनिति एकता भन्दा पनि मन एकता गर्नु पर्ने कुरा गरेका थिए। साथै सबै सहभागि बक्ताहरुले दिपावली तथा छट पर्वको शुभकामना आदान प्रदान गरिएको थियो ।

तेलि कल्याण समाज नेपाल सखुवा प्रसौनी गा.पा.का अध्यक्ष शिवकुमार साहले कार्यक्रममा बोल्दै उक्त समितिले गरेको प्रगति तथा जातिय संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम संचालन तेली कल्याण समाज नेपालका क्षेत्र नंं. ३ का सचिव अरबिन्द कुमार साहले गर्नु भएको थियो।

Show More

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker