Bara News

जीतपुरमा सस्तो बजार सञ्चालन

प्रस, जीतपुर, १ कात्तिक/
बडादशैंको शुभ अवसरमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घ जीतपुरले सस्तो बजार सञ्चालन गरेको छ ।

प्रदेश नं २ का उद्योग, पर्यटक तथा वनमन्त्री रामनरेशराय यादवले शनिवार घटस्थापनाको अवसरमा सञ्चालन गरिएको सस्तो बजारको उद्घाटन गरे । उनले चाडपर्वमा आम मानिसलाई लक्षित गरेर उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको सस्तो बजारको प्रशंसा गरे । चाडपर्व सबैले मनाउन पाऊन् र सोको लागि बजारभन्दा सस्तोमा सामान उपलब्ध गराउनु राम्रो प्रयास भएको मन्त्री यादवले बताए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार साहले बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आम उपभोक्ताका लागि सस्तो बजार सञ्चालन गरेको बताए । उनले सस्तो बजारमा सहज र सस्तो मोलमा सामान खरीद गर्न सकिने बताए ।

उद्घाटन समारोहमा तयारी पोशाक व्यवसायी सङ्घ जीतपुरका अध्यक्ष प्रकाश गिरीले आम उपभोक्ताहरूको चाहनामा सस्तो बजार सञ्चालनमा ल्याएको बताए । सस्तो बजारबाट उपभोक्ताले गच्छे अनुसारको सामान सहजरूपमा खरीद गर्न सक्ने बताए ।

Source
Prateek Daily
Show More

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker