.slider-area .mag-box img{ width:40px; } ..boxed-five-slides-slider img{ width:50px; }.slide .lazy-bg .tie-slide-6 .slick-slide{ width:100px }
Bara NewsBirgunj News

इन्धन बोकेको रेल रक्सौल नआउँदा नेपालमा पेट्रोलियमको अभाव

परवानीपुर, २ भदौ – मुलुकको प्रमुख भन्सार नाका वीरगंजबाट आजदेखि हवाई इन्धन र पेट्रोल आउन सकेको छैन । रक्सौलमा रहेको स्टक सकेर हवाई इन्धन र पेट्रोल वीरगंज भित्रिन नसकेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख उपेन्द्र अर्यालले बताए । एक साताभित्रै नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने सम्भावना रहेको उनले बताए ।

एक सातादेखि इन्डियन आयल कर्पोरेशनको रक्सौलमा डिपोमा इन्धन बोकेको रेल नआउँदा रक्सौलमा भण्डारण गरिएको इन्धन नेपालका लागि ल्याउन अभाव भएको उनले बताए । बाढीले गर्दा बिहारका विभिन्न ठाउँमा रेल पटरी बगाएको तथा केही रेल्वे स्टेशन हाल पनि डुबानमा रहेकोले यस्तो समस्या सृजना भएको उनले बताए । “बाढीले गर्दा अहिले पनि एउटा ¥याक सीतामढी र अर्को मोतीहारीमा रोकिएको छ, कहिले आउँछ थाहा छैन”–उनले भने–“एक साता भित्र रेलको बाटो सुचारु भएन भने नेपालमा पेट्रोलियम पदार्थको अभाव सृजना हुनेछ ।”

रक्सौलमा डिजेल करिब ३५ हजार केएल र पेट्रोल २४ सय केएल भण्डारण गर्ने क्षमता छ ।रक्सौल डिपोमा अब केही हजार केएल डिजेल रहेको अनुमान गरिएको छ । रक्सौलमा बरौनी र पानीपतबाट रेलबाट इन्धन आउँछ । हाल दुवै रेल्वे रूटको रेलसेवा अवरुद्ध हुँदा इन्धान आउन नसकेको हो । बरौनीबाट मुजप्mफरपुर हुँदै मोतीहारी भएर तथा पानीपतबाट दरभङ्गा, सीतामढी हुँदै इन्धन बोकेको रेल रक्सौल आउँछ ।
रक्सौलमा इन्धन आउन छोडेपछि अमलेखगंज डिपोबाट पनि मागलाई धान्ने काम भइरहेको छ । अमलेखगंजमा १२ हजार केएल डिजेल र ११ सय केएल पेट्रोलको भण्डारण क्षमता छ । यसैगरी नेपालमा इन्धान भण्डारण गर्ने डिपोमा थानकोट, पोखरा, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी आदि पर्छन् । तर सबैभन्दा बढी अर्थात करिब ८० प्रतिशत इन्धन आयात हुने वीरगंज नाकाबाट इन्धन भित्रिन नसक्नु भनेको नेपालको लागि चिन्ताको विषय हो ।

Source
Prateek Dainik
Show More

Related Articles

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker