.slider-area .mag-box img{ width:40px; } ..boxed-five-slides-slider img{ width:50px; }.slide .lazy-bg .tie-slide-6 .slick-slide{ width:100px }
Birgunj News

स्विमिङ पुल उचित तरीकाले सञ्चालन भएन

प्रस, वीरगंज, २८ जेठ – वीरगंज महानगर अन्तर्गतको स्विमिङ पुल तथा हेल्थ क्लब उचित तरीकाबाट सञ्चालन हुन सकेको छैन । ठेक्काबाट सञ्चालित स्विमिङ पुल तथा हेल्थ क्लबमा ६ फुटदेखि १२ फुटसम्म र ३ देखि ५ फुटसम्मको दुईटा स्विमिङ पुल भएपनि एउटा मात्र सञ्चालनमा छ ।

तीन वर्षअघि एकजना भारतीय युवकको पौडी खेल्ने क्रममा मृत्यु भएपछि त्यसै बखतदेखि बन्द ६ फुटदेखि १२ फुटसम्म स्विमिङपुल अहिलेसम्म नियमित सञ्चालन हुन सकेको छैन । स्विमिङपुल सञ्चालक रूपेशमान सिंहले ६–१२ फुटको स्विमिङपुलमा सरसफाइलगायतको समस्या रहेको र भीडभाडमा बालबालिकाहरू जान सक्ने र दुर्घटनालाई दृष्टिगत गरेर सञ्चालनमा नल्याएको बताए । उनले विभिन्न चरणमा हुने स्विमिङ प्रतियोगिताको लागि भने सो पुल सञ्चालन भएको बताएका छन् ।

वीरगंज महानगरको सो स्विमिङपुलमा गर्मीयाममा दैनिक सयौं मानिसहरू स्विमिड्ढा लागि जाने गर्छन् । खासगरी शनिवार र बिदाको दिन स्विमिङपुल भरिभराउ हुन्छ । ३–५ फुटको स्विमिङपुलमा अत्यधिक चाँप हुन्छ । प्रतिव्यक्ति रू एक सय शुल्क निर्धारण गरिएको कारणले पनि त्यहाँ भीड हुने गरेको छ ।
वीरगंज मनपा अन्तर्गत यो स्विमिङपुलबाहेक होटल भिस्वा स्विमिङपुल छ । त्यहाँ प्रतिव्यक्ति रू ५ सय शुल्क लिइन्छ ।

-PrateekDaily-

Show More

Related Articles

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker