Science & Technology

१४ हजार रुपैयाँमै सामुङको फोर-जी चल्ने नयाँ जे टू-एस

११ माघ, काठमाडौं । सामसङले आˆनो जे सिरिजको रेन्जमा नयाँ ग्यालाक्सी जे टू-एस ल्याएको छ । सुपथ रेन्जका फोनहरुको वर्गमा सामसङ ग्यालाक्सी जे सिरिज सबैभन्दा बढी विक्रिहुने स्मार्टफोन सिरिज हो ।

ग्यालाक्सी जे टू एस ५” स्मार्टफोन सेग्मेन्टमा फ्रन्ट क्यामेरा फ्ल्यास् फिचर सहितको सामसङको सबैभन्दा सुपथमूल्यको फोनका रुपमा बजारमा प्रस्तुत छ । ग्यालाक्सी जे टू एस एक “फोर जी”युक्तफोन हो, जसले नेपालको फोर जी स्मार्टफोन क्षेत्रमा सामसङको प्रस्तुतीलाई झनै सुदृढ बनाएको छ ।

सामसङ नेपालको एचएचपी डिभिजनका डेपुटी जेनरल म्यानेजर प्रनय स्थापितकाअनुसार – “ग्राहकहरुले जे सिरिजको बनावटको उत्कृष्ट क्वालिटी तथा नेपाल-केन्दि्रत फिचरहरु जस्तै यूडिएस, एस बाइक, टिएसटी, एस पावर प्लानिङ्ग र एस सेक्योरलाई निकै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

१३ हजार ९९० मूल्यको ग्यालाक्सी जे-टू एस बजारमा ल्याएको छ । सेल्फी लिने तथा मनोरञ्जन मन पराउने प्रयोगकर्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस मोडलमा ५ इन्च स्क्रिनका साथ फ्रन्ट फ्ल्यास् राखिएको छ ।

लोकलाइज्ड् फिचर्स्

विशेष नेपालका लागि सामसङले ल्याएका फिचर मध्ये हो, अल्ट्रा डाटा सेभिङ्ग । जसले डाटा कम्प्रेश गरी ५०५ सम्मको डाटा बचाउँछ । एस बाइकमोडले जिम्मेवार बाइक राइडलाई प्रोत्साहन दिई फोन प्रयोगकर्ताहरुलाई रोडमा निश्चिन्त भई बाइक राइड गराउँछ ।

टर्बाे स्पिड टेक्नोलोजीले फोनको र्‍यामलाई अप्टिमाइज गरी एपहरुलाई आफ्नोभन्दा दोब्बर र्‍याम भएका फोनहरुको तुलना ४० प्रतिशतसम्म छिटो खोल्न मदत गर्छ ।

यसले गर्दा ग्राहकहरु फोनको पर्फमेन्सका बारेमा चिन्ता नलिई ढुक्कले विभिन्न एपहरु एकैसाथ चलाउन सक्नेछन् ।

“ग्यालाक्सी जे टू एस” मा सामसङले अर्काे नविनतम लोकलाइज्ड् फिचर एस पावर प्लानिङ पनि ल्याएको छ जुन एउटा स्मार्ट ब्याट्री म्यानेज्मेन्ट सिस्टम हो ।

यसले प्रयोगकर्ताहरुलाई सधैं नै कनेक्टेड रहन मद्धत गर्छ । त्यसैगरी एस सेक्योरले सेफ ब्राउजिङ्ग एक्सपेरिएन्स् प्रदान गरी व्यक्तिगत जानकारीलाई सुरक्षित राख्छ ।

सुपिरियर इमेजिङ

ग्यालाक्सी जे टू एस गोल्ड, ब्ल्याक र सिल्भर कलरमा उपलब्ध छ । ८ एमपी रियर क्यामेरा र सेल्फी फ्ल्यास सहितको ५ एमपी फ्रन्ट क्यामेराका साथ फोर-जी फिचरले प्रयोगकर्ताहरुलाई उत्कृष्ट लो-लाइट फोटोग्राफी र ठूलो ५” स्क्रिन मार्फतउच्च सोसल मिडिया अनुभव प्रदान गर्नेछ ।

एडभान्स्ड पर्फमेन्स

यसले स्टाइलिश डिजाइन र उत्कृष्ट पर्फमेन्स पनि पस्केको छ । “ग्यालाक्सी जे टू एस”मा१.४ गिगाहर्ज कोड प्रोसेसर छ, जसलाई टर्बाे स्पिड टेक्नोलोजीका साथ १.५ जीबी र्‍यामले सपोर्ट गरेको छ ।

ग्राहकहरुलाई उत्कृष्ट पर्फमेन्स पस्कन सहायता गरेको छ । युनिक प्याटर्न भएको ब्याक प्यानलका यो फोन एन्टी-स्क्रयाच् र डिजाइनको हिसाबले एर्गाेनोमिक पनि छ ।

-onlinekhabar-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button