Bara News

काठमाण्डौंबाट कलैया आउँदै गरेको टाटासुमो पल्टिदा एकको मृत्यू , दुइ गम्भीर

२ असोज/बारा – बारामा शनिवार बेलुकी करिब सात बजेको समयमा टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यू , तीन जना गम्भीर घाइते छन् । काठमाण्डौंबाट यात्रु बाकेर कलैया आउँदै गरेको ना.१.ज. ३९१० नं.को टाटासुमो पथलैया निजगढ सड्क खण्ड अन्तरर्गत पिलुवा नजिकै दुर्घटना भएको हो ।

मृत्यू हुँनेमा जिल्लाको दोहोरी गाबिस वडा नं.९ बकुलहर बस्ने बर्ष २१ का जवाहर मियाँ अंसारी रहेका छन् । गम्भीर घाइते हुँनेहरुमा बाराको गढीमाई नगरपालिका वडा नं.१ बस्ने बासु लामा र नौतनका मैमुल अंसारी रहेका छन् ।

अवस्था गम्भीर रहेकोले उनीहरु मध्ये लामालाइ चितवनको भरतपुर अस्पताल र अंसारीलाइ बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा औषधी उपचारको लागि पठाइएको छ । भने मृतक जवाहरको शवलाइ पोष्टमार्टमका लागि नाउक्षेमा राखिएको जिल्ला ट्राफिक कार्यालय निजगढले बताएको छ ।

मधेश बन्दका कारण मुख्य सड्कमा आन्दोलनकारीले सवारीका साधन चल्न नदिएपछि पथलैया निजगढ सड्क खण्ड जोड्ने पिलुवा कलैया हुलाकी सड्क खण्डबाट जाने उद्देश्यले पिलुवा आउँदै गरेको सो टाटासुमोको पछाडीको टयर पड्केर दुर्घटना भएको प्रहरीले बताएको छ ।
-Kalaiyalive-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button