Ground Zero बाट मैले आफैले खिचेको र देखेको मितेरी पुल को नजरा
बिरगंज मितेरी पुलमा हिजो देखि मैले समय बिताउन थालेको छु र हिजो र आज मैले जे देखे त्यको आधारमा भन्नु पर्दा मधेश आन्दोलन बिशाल अदम्य सहस र अद्भुत सहिसुर्ण को प्रवाची बनेको छ . हिजो हेर्दा लग्यो करिब १ लाख थिए तर आज हेर्दा आज हिजो को भन्दा बढी रैछ .
मेरो भनाइ यसबाट पनि पुस्टि हुन्छ कि मेरो अगाडी नै APF का एक प्रहरी ले माथिल्लो तह रेपोरटिंग गर्दै अहिले सम्म हिजो २५ हजार पुगी सकेको भने जबकी त्यसको कम्तिमा ४/५ गुना मानिस आउने बाकि थियो .
मैले आफ्नै bike ले हेर्न खोज्दा पनि नाका देखि मुरली चौक (करिब ५/६ km) सम्म ट्याक्टर र विभिन्न समुह को नारा लगातार जारि रहेको थियो . दुई दिनको अनुभव ले मैले भन्ने पर्छ कि यस्तो अद्भुत आन्दोलन मैले आज सम्म देखेको छैन .
धेरै ले न पत्याउला तर ६२/६३ जनान्दोलनमा बिरगंज बाट अनि मधेश आन्दोलन -१ मा काठमाडौँ बाट आन्दोलन गेरको ले आन्दोलन को आन्दोलन को स्वरूप र विशालता धेरै नजिक बाट देखेको छु . अहिले प्रत्यक्ष सहभागी हुदा जुन मैले मेडिया बाट सुनेको देखेको थिए त्यसले यो आन्दोलन लाइ cover गर्ने सक्दैन .
जसले जता पनि “जय मधेश, जय मधेश को नारा लाउछन भने भोजपुरीमा बनेका गाना ले पुरा बिरगंज तरंगित छ . यहाँ आन्दोलन मा सहभागी हुदा थाहा हुन्छ कति र किन आन्दोलनकारी मा रिस छ भनेर ..एकातिर लाग्छ कि मानिस थाकिसके भने केहि समय पछीनै तपाई को सोच मा परिवर्तन हुने गरि बिशाल जनसागर ओर्लिन्छ र सर पुर्वारती सोच गायब हुछ . यस्तै हेर्दै छु मधेश आन्दोलन .. जय मधेश जय नेपाल …
“लाठि फट्टा ले के हो जा तैयार नेपाल अभि बन्दे बा ..
ओली ले के आपन सभागी देलख धोखा मधेशीया के ..”
बिरगंज को टोल टोल मा घन्किने भोजपुरी गाना
-Mithlesh Chaurasia-
प्रतिक्रिया लेख्नुहोस